जगदम्बा स्टिल भित्र मजदुरको मृत्यु लापरवाहीले

बारा २४ जेठ । बाराको सिमरामा रहेको जगदम्बा स्टील भित्र जेठ २० गते एक कामदार मृत भेटिएका छन् । यो कारखानामा यो घटना कुनै नयाँ होइन् , महिनै पिच्छे एउटा न एउटा यस्ता घटना हुने गरेका मजदुरहरुले बताउने गरेका छन् । बर्षेनी उद्योगभित्र यस्ता घटनाहरु घटिरहेपनी उद्योग प्रशासनले सकभर घटनालाई लुकाउन खोज्ने र सार्वजनिक भइहाले क्षतीपुर्ती दिएर सामसुम पार्ने प्रवृती पुरानै हो । जेठ २० गते मंगलबार बिहान उद्योग छिरेका कामदार कहिले नफर्किने गरी उद्योगभित्रै अस्ताए । उनी हुन् जीतपुरसिमरा उपमहानगरपालीका २ का ५३ बर्षे नागरायण साह रहेका हुन् । उनी उद्योगमा मेसिनरीको अपरेटर पदमा काम गर्दै आएका थिए । मृतककी श्रीमती महिन्द्रा साहका अनुसार उनी बिहान ८ बजे खाना खाएर साइकलमा उद्योगमा गएका फिर्ता नआएपछि उनको खोज तलास गर्दा सोही दिन उद्योगमा एक कामदार बेहोस अवस्थामा भेटिएका उद्योग भित्र केही चर्चा चलेका थिए । श्रीमती सहित केही गाउँका स्थानिय उद्योग पुग्दा गेटमै उनीहरुलाई रोकियो । केही भएको छैन भन्दै उद्योगको मुलगेटबाटै उनीहरुलाई फर्काउन खोजियो । तर त्यसअघि नै सिमराको प्रहरीटोली भित्र छिरिसकेको थियो । घटनाको अवस्था हेर्दा रहस्यमय छ । मृतकले लगाएको चप्पल छुट्टाछुटै अवस्थामा छ । उनले बोकेका केही कागजपत्र भुइँमा खसेको थियो भने मोबाइल सर्टको खल्तीमै थियो । तर मोबाइल स्विच अफ गरिएको थियो । उद्योगको लापर्वाहीका कारण मृत्यु भएको पीडितको आरोप छ । उनलाई आफन्तले देख्दा घोप्टो अवस्थामा निधारमा हातले समाएको अवस्थामा थियो ।मृतकका परिवारलाई शव छुन नदिई कोरोनाको कारण हुन सक्ने भन्दै उनको शव कोरोना परिक्षणका लागी बिरगञ्ज लगियो । तर रिपोर्ट नेगेटिभ देखियो । तर पछी उद्योग प्रशासनले मृतक कामदारलाई आफ्नो कामदार भएको स्विकार नगरेको परिवार स्रोतको भनाई छ । स्थानियका अनुसार उद्योगले भित्र कुनै काम बिशेषले गएको र अन्य कुनै कुरा जानकारी नभएको बताएका छन् । तर उनी लकडाउन अघि उद्योगमा काम सुरु गरेको बताइन्छ । हाँजिरी समेत गर्ने गरेको परिवार स्रोतको दाबी छ । यता एक मात्र कमाउने मान्छेले ज्यान गुमाएपछी परिवार शोकाकुल बनेको छ । परिवारले घटनाको उचित छानविन गरी दोषीलाई कारवाही र क्षतीपुर्तीको माग गरिरहेको छ । यसैबीच इलाका प्रहरी कार्यालय सिमराले उद्योग प्रशासन र पिडित पक्षलाई छलफलका लागि आज बोलाएको थियो । छलफल नटुङ्गिएको ले पुनः भोलि छलफल हीने इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।