सञ्चार विधेयकविरुद्ध सञ्चार सामाग्री प्रदर्शन

हेटौंडा– सरकारले ल्याउन लागेको सञ्चार सम्बन्धी विभिन्न कानुनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन आन्दोलन गरिरहेका पत्रकारहरुले शुक्रबार देशभर सञ्चारका सामाग्रीसहित प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको आयोजनामा देशको ७७ वट जिल्ला शाखाले जिल्ला सदरमुकाममा सञ्चार सामाग्री प्रदर्शन गरेका हुन् । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाका पत्रकारले पनि शुक्रबार बिहान सञ्चारका सामाग्री प्रदर्शन गरी सरकारको विरोध गरेका छन् । कलम, कपी, ल्यापटप, क्यामेरा, रकेर्डर जस्ता सञ्चारका सामाग्री बोकेर हेटौंडाको सीमाचोकमा भेला भएका पत्रकारहरुले ¥यालीसहित सञ्चार सामाग्री प्रदर्शन गरेका थिए ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा हेटौंडाको सिमाचोकबाट सञ्चारका साधन सहित निकालिएको ¥याली बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्य संघ हुँदै पुन सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्टले संचारसंग सम्बन्धित निकायसंगको सहकार्यबाट मात्र बिधेयक ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराए ।

बिधयक नसचिएसम्म आन्दोलन गर्न बाध्य हुने उनले बताए । सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको भनाइ थियोे ।

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार बिहान अन्तिम कार्यक्रमअनुसार सञ्चार साधनसहित प्रदर्शन गरिएकोले अब महासंघको केन्द्रीय सर्कुलर अनुसार अरु आन्दोलन गर्नका लागि पनि तयार रहन सबै पत्रकारलाई आग्रह गरे ।