हेटौंडामा चोरी गर्ने पाकिस्तानी जोडी काठमाडौंमा पक्राउ

हेटौंडा– गत शनिबार दिउ“सो हेटौंडा–२ हेडम्बीहाइटमा रहेको विजय राइस मिलको काउन्टरबाट सञ्चालकलाई झुक्याएर रकम चोरी गर्ने पाकिस्चतानी जोडी काठमाडौंमा पक्राउ परेका छन् । नया“ नेपाली नोट साटेर लैजान्छु भन्दै पैसा छान्न काउन्टरमै हात हाली सञ्चालक कृष्ण सागर श्रेष्ठलाई झुक्याएर मुठै पैसा गोजीमा हालेका थिए । उनीहरुले राइस मिलबाट करिब २५ हजार चोरी गरेका थिए ।

प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिन्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनीहरुले देशका विभिन्न स्थानमा चोरी गर्दै हि“डेको आरोप छ । निज दुई पाकिस्तानी नागरिकले गएको वैशाख २९ गते बा. १९ च. ७४ नम्बरको कारमा आई सूर्य्विनायक नगरपालिका ५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौ“ भनी हेर्ने क्रममा नोटको बिटोबाट ३० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।


त्यसैगरी त्यसै नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठैलो नोट हेर्ने बाहनामा ७० हजार रुपैयाँ चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएको छ ।


प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाण्डौको सिनामंगलस्थित रुफ भ्यू होटलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २९ सय ५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली एक लाख ३७ हजार ५०० रुपैयाँ बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेका पाकिस्तानी नागरिकलाई महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उनले जानकारी दिए । काठमाडौंमा पाकिस्तानी पक्राउ परेस“गै हेटौंडामा पनि उनीहरुले नै चोरेको आरोपमा विजय राइस मिलका सञ्चालक श्रेष्ठले उजुरी दिएका छन् ।

यो पनि पढ्नुहोस्