रौतहट, २८ असोज– नेकपा एमालेले एमालेका स्थायी कमिटी सदस्य एवम मधेश प्रदेशका सह ईन्चार्ज प्रभु साह सहितको पदाधीकारी तथा नेताहरुलाई कारवाही गरेको छ ।
पार्टी विरोधी क्रियाकलापमा संलग्न भएको आरोप लगाउदै नेकपा एमाले केन्द्रिय कमिटीले पार्टीका रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, सह ईन्चार्ज कुन्दन प्रसाद कुशवाहा लगायतका नेता पदाधिकारीहरुलाई कारवाही गरेको हो ।
एमालेका महासचिव शंकर पोखरेलले शुक्रवार पत्राचार गरी मधेश प्रधेशको सह ईन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिईएको जानकारी दिएका छन ।
पार्टीको केन्द्रिय कार्यालयको चलानी नम्बर १६१÷२०७९÷०८० को पत्रबाट कारवाही गरिएको एमाले केन्द्रिय कमिटीले जनाएको छ ।
पार्टीको केन्द्रिय कमिटीको निर्णय अनुसार साह सहितका व्यक्तीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको पोखरेलद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
नव न्युक्त सह ईन्चार्ज रेग्मीको कार्यकालको सफल्ताको कामना गर्दै पार्टीका महासचिव पोखरेलले शुभकामना समेत व्यक्त गरेका छन ।
यसैगरी एमालेका मधेश प्रदेश कमिटीले एमालेका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह नेतृत्वको जिल्ला कमिटी भंग गरिएको जानकारी दिएका छन । पार्टी विरोधी क्रियाकलाप गरेको जनाउदै एमाले प्रदेश कमिटीले साहलाई कारवाही गरेको जनाईएको छ ।
हाललाई एमालेका रौतहटका जिल्ला उपाध्यक्ष दिपक राय यादवलाई जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिईएको जनाईएको छ ।