माधवको पार्टीमा बिद्रोह : एमालेलाई जिताउन अपिल गर्दै जिल्ला सचिवले नै गरे उम्मेदवारी फिर्ता

काठमाडौं, कात्तिक १४ । चुनावको मिति नजिकिँदै जाँदा नेकपा एकीकृत समाजवादीतिर लागेका नेता–कार्यकर्ता पुरानै घरमा फर्कने क्रम ह्वात्तै बढेको छ ।
१६५ सिट रहेको प्रतिनिधिसभामा १८ र प्रदेशसभामा पनि अत्यन्तै अपमानजनक सिटमा चित्त बुझाए पनि अध्यक्ष माधवकुमार नेपाल कांग्रेसकै भक्तिगान गाउने र मुलुकको कम्युनिष्ट आन्दोलन सकाउने मिसनमा रहेको तथ्य उजागर भएपछि धमाधम नेता–कार्यकर्ता एमाले फर्कन थालेका हुन ।
यही क्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव तथा निर्वाचन क्षेत्र नम्बर २ स्थित प्रदेशसभा क का उम्मेदवार दुर्गाबहादुर श्रेष्ठले एमाले उम्मेदवार किरण गुरुङलाई प्रतिनिधिसभा र आफू उम्मेदवार रहेको प्रदेश सभा ख मा एमाले उम्मेदवार श्यामराजा महतलाई जिताउन अपिल गर्दै आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
‘गठबन्धनका नाममा कम्युनिष्ट आन्दोलन कमजोर बनाउने दिशातर्फ भन्दा योग्य कम्युनिष्ट पार्टीका उम्मेदवारहरुलाई सहयोग पुर्याउनु पर्छ भन्न्े मान्यताका साथ मेरो उम्मेदवारी आजकै मितिदेखि निष्कृय रहेको घोषणा गर्दछु । साथै तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार कमरेड किरण गुरुङ र गण्डकी प्रदेशसभा तनहुँ २ (ख) का उम्मेदवार कमरेड श्यामराजा महतलाई भारी मतका साथ बिजय गराउन लाग्ने प्रतिवद्धतासहित सम्पुर्ण सहकर्मी नेता, कार्यकर्ता र जनसमुदायलाई यसै बिज्ञप्तीमार्फत हार्दिक अपिल गर्दछु,’ श्रेष्ठले बिज्ञप्तीमा भन्नुभएको छ ।सभार जनता टाइम्स