पुर्व प्रधानमन्त्री नेपाल र एमाले उमेदवार गुप्ता बिच कडा प्रधिस्पर्धा,यस्तो छ जोडघटाउ

रौतहट,२३ कार्तिक
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ सबैले नियालेर हिरिरहेका छन । सत्ता गठबन्धनका नेता तथा नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल यसै क्षेत्रबाट लडेको कारण पनि यो क्षेत्रमा सबैको ध्यान पुगेको हो ।
यस क्षेत्रमा पुर्व प्रधानमन्त्री माधब नेपाल र नेकपा एमालेका उमेदवार अजय कुमार गुप्ताले कडा प्रधिस्पर्धा हुने देखिएको छ । गौर नगरपालिकाको २ पटक नगर प्रमुख भइसकेका गुप्ता केही महिना अगाडी मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन । २०७० सालको संबिधान सभाको निर्वाचनमा पनि झिनो मतअन्तरले गुप्ता संग माधब नेपालले चुनाब जितेका थिए । त्यसपछि उनी २०७४ सालको स्थानिय तहको निर्वाचनमा गौर नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी जनमतभएको नेताको रुपमा परिचित छन । २०७९ सालको स्थानिय तहको मत अनुसार माधब नेपाल बलियो देखिएको छ ।
रौतहटको क्षेत्र नम्बर १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ । यहाँ वडागत परिणाम हेर्दा एकीकृत समाजवादीको बर्चस्व देखिन्छ । एसका वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६९८ मत पाएका छन् ।
कांग्रेसले कूल १६ हजार ९४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत तेस्रो स्थानमा देखिन्छ । उसले १२ हजार ०६२ मत पाएको छ । माओवादी ८ हजार १९१, एमाले ७ हजार ३८५, जसपा ८ हजार २४१ र स्वतन्त्रसहित अन्य दलले ३१४३ मत पाएका छन् ।
यसरी दलहरुले ल्याएको मत परिणाम हेर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक्लै प्रतिष्पर्धा गर्दा पनि जित्ने सम्भावना देखिन्छ । तर यो मतको जोडघटाउ काम नलाग्ने सोही क्षेत्रका स्थानिय युवा नेता अमित ठाकुर बताउछन । स्थानिय तहको चुनाबमा ब्यक्ती र नजिकका पायक पर्ने ब्यक्तीलाइ दिने मत हो भने यो निर्वाचनमा जनतालाइ साथ दिने नेतालाइ दिने मत भएको ठाकुरको भनाइ छ ।
अहिलेको अबस्था हेर्ने हो भने माधब नेपाल भन्दा करिब २ गुना जनता नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार अजय गुप्ताको साथमा देखिन थालेको बिद्यार्थी नेता रबि मिश्रले बताए । स्थानिय तहको निर्वाचनको मतगणनाले यो निर्वाचनमा कुनै अर्थ नराख्ने मिश्रले बताए ।
अजय गुप्ताको समर्थनमा ब्यापकता आउनमा रौतहट क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबको सहभागितालाइ पनि हेरिएको छ । यादब नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति हुन ।
यता एमाले उमेदवार गुप्ताले माधब नेपाललाइ पाहुनाको संज्ञा दिएका छन । आफुलाइ आपत पर्दा मात्रै गौर आउने र जनतालाइ अपत पर्दा काठमाण्डौ जाने नेपाल पाहुना उमेदवार भएको गुप्ताले बताए । आफु सदैब जनताला आपत पर्दा १० मिनेटमा क्षेत्र नम्बर १ को कुनै पनि ठाउमा पुग्न सक्ने र जनताको सुख दुःखमा साथ दिने हुनाले पनि आम मतदाता नेकपा एमालेमा होमिएको उनको भनाइ छ ।