जनमत पार्टी रौतहटको ईशनाथ र देवाही गोनाहीमा ईकाइ समिति गठन


रौतहट । साउन १६ गते
जनमतपार्टी रौतहटको क्षेत्रीय बैठक सम्पन्न भएको छ भने तथा ईशनाथ र देवाही गोनाहीमा विभिन्न समितीहरु गठन गरिएको छ । आज २०७७ साल साउन १६ गते शुक्रबार का दिन जनमत पार्टी रौतहट को पार्टी विस्तार र बैठक बस्ने क्रम जारी रहयो । ईशनाथ नगरपालिका वार्ड न. ३ औरैया पिपरा टोल मा १३ सदस्य टोल ईकाइ समिति गठन गरिएको छ भने १३ सदस्य महिला जनमत संघ टोल इकाई समिति पनि गठन गरिएको जनमत पार्टी रौतहटले जनाएको हो । यस्तै १३ सदस्य युवक जनमत संघ टोल इकाई समिति र १७ सदस्य किसान जनमत संघ टोल इकाई समिति गठन गरिएको जनमत पार्टीका जिल्ला सचिव विकास कुमार यादवले जानकारी गराउनु भएको हो । उक्त गठनको अवसरमा जनमत पार्टी का वरिष्ठ नेतृत्व मण्डल का सदस्य रमेश झा सहितको जनमतका नेताहरुको उपस्थितिमा औरैया पिपरा टोला मा सम्पन्न भएको थियो । यता देवाही गोनाही नपा २ लछमिनिया टोल मा १६ सदस्य टोल ईकाइ समिति गठन गरिएको हा े। उक्त गठनको अवसरमा नगर अध्यक्ष राम प्रवेश पटेल सहितका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रिय बैठक समपन्न भएको हो । क्षेत्रीय समितिको बैठक मा केन्द्रिय सदस्य बिरेन्द्र साह , जिल्ला इन्चार्ज विनय कुमार वर्मा , जिल्ला सचिव बिकास कुमार यादव , जिल्ला सदस्य पंकज श्रीवास्तव ,राम पुकार साह क्षेत्रीय अध्यक्ष राज कुमार साह लगायतका नेताहरुको उपस्थितिमा क्षेत्रीय समितिको बैठक सम्पन्न भएको जानकारी गराइएको हो ।