एक लाखको कपडा सहितका समान भंसार चलान

आर्दशवाणी संवाददाता । पर्सा, १० मंसिर । बीरगंज भन्सार नाकामा राजस्व गस्तीका खटिएको सशस्त्र प्रहरी राजस्व तथा भन्सार गस्ती टोलीले मंगलवार दिउँसो भारतबाट राजस्व छलि भित्राईएको करिब १ लाख २७ हजार मुल्य बराबरको कपडा तथा दैनिक उपभोग्य सामान बरामद गरेको छ । राजस्व गस्ती टोलीले १ लाख २ हजार रुपैयाको भारतीय कपडा तथा २५ हजार मुल्य बराबरको कम्प्यूटर पार्टस रजतजयन्ती चोक तथा इनर्वा क्षेत्रबाट बरामद गरेको गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रीले बताउनु भयो । बरामद गरिएको कपडा तथा कम्प्युटर पार्टस थप कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको खत्रीले जानकारी दिनुभयो ।