विधुत सर्ट भइ आगलगी हुँदा लाखौंको सामान जलेर नष्ट

रौतहट । आषाढ २४ गते
रौतहट जिल्लाको कटहरिया नपाको वडा नम्बर ७ मा गएराति एउटा घरमा आगलगी भएको छ । वडाको बगही टोलमा विधुत को तार सर्ट भइ आगलगी भएको थियो । स्थानिय अहमदिन आलमको घरमा अचानक आगली हुँदा लाखौंको सामान जलेर नष्ट भएको जनाइएको छ । आगलगीमा परेर घरमा रहेको गहुँ,मकै,अन्नपात ,एउटा बाख्रा समेत जलेर करिब २ लाख ५५ हजार बराबरको धनमाल जलेर नष्ट भएको वडाध्यक्ष हरिभजन साहले जानकारी गराउनु भएको हो । आगलगीमा परी केही पशु चौपाया आंशिक रुपमा जलेको छ । आगोलागेको सुचना प्राप्त हुना साथ इप्रका शिवनगरको प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरी र स्थानियको सहयोगमा आगोलाइ नियन्त्रणमा लिएको थियो । घरको सबै सामान जलेर नष्ट भएपछि पिडित परिवार विच्चलीमा परेको छ । पिडित परिवारले सहयोगका लागी अनुरोध समेत गरेको छन् ।