रौतहटको कवारेटिनमा बस्नेको संख्या ३ सय ८७

रौतहट । आषाढ २४ गते
भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या ४ सय भन्दा कम भएकोे छ ।
सोमवार को तुुलनामा मंगलवार अपरान्ह सम्म रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या ४ सय भन्दा कम भएकोे छ । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा दस हजार २४४ बेड को क्वारेन्टाईन निर्माण गरीएको छ । मंगलवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कम भई ५६ महिला सहित ३ सय ८७ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल १२ हजार ३० जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।