दाताको लगानीमा माण्डबीले रौतहटमा राजनिति गरेको मेयर मेहताद्धारा खुलासा

उतमकुमार उपाध्याय,माघ १५ गते । गैरसरकारी संस्था माण्डवीले दाताको लगानीको रकम राजनितिमा दुुरुपयोग भईरहेको खुलासा भएको छ ।
माण्डवीकी अध्यक्ष अन्जुु झाले दाताको रकम बाट राजनिती गरीरहेको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले खुलासा गरेका हुन ।
नगरपालिकाको प्रांगनमै पत्रकार सम्मेलनको आयोजना गरेर मेयर मेहताले पछिलो केहीसमय देखी माण्डवी अध्यक्ष झाले राहतको नाउमा नगरको बिभिन्न वडामा गरीरहेको राजनिती बारे स्पस्ट पारेका छन ।
नेपाल सरकार र बिभिन्न दातृ संस्थाले दिएको रकम बाट लक्षितबर्गमा राहत लगायत बिभिन्न सामग्री नदिएर दल बिषेशको मानिसको मिलोमतोमा माण्डवी अध्यक्ष अन्जुु झाले मनमानी गरीरहेको उनको दाबी छ ।
पछिलो समय झा नेपाली कांग्रेस बाट निर्वाचित वडा ७ र ८ का दुुईजना वडा अध्यक्ष संगको मिलोमतोमा पार्टी कार्यकर्ता र हुने खानेलाई सिरक लगायत न्यानो कपडा बितरण गरेर लक्षितबर्गलाई बञ्चित गराएको मेयर मेहताले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
वडा अध्यक्ष द्धारा राती राती पार्टी कार्यकर्ताको नाम संकलन गराउने र भोलीपल्ट त्यही मानिसलाई राहत लगायतका सामान बितरण गराउने उनले बताए ।
अगामी निर्वाचनमा आफुु कांग्रेसको टिकट बाट चुनाव लडने भन्दै झाले भोट बनाउने भन्दै गरीब बिप्पन दलितलाई बाँडने सामान पार्टी कार्यकर्तालाई बुुझाउने गरेको उनको आरोप छ।
त्यसैगरी कोभिड प्रभावित परिवारलाई स्वच्छ खानेपानी दिने नाउमा एकजनाको घर अगाडी टयुुबेल जडान गर्दा १० देखी १३ हजार रुपैया माण्डवीले असुल गरीरहेको मेयर संतोष मेहताले खुलासा गरेका छन ।
कुनैपनी गैरसरकारी संस्थाले काम गर्नुअघि स्थानिय निकाय संग सहकार्य गर्नुुपर्नेमा नगरपालिकामा कुनै किसिमको जानकारी नदिएर माण्डवीले ईशनाथ नगरपालिकामा मनमानी तरिकाले काम गरीरहेको उनले बताए ।
गतआर्थिक बर्षमा माण्डवीले नगरपालिका संग सहकार्य गरेर एकसय ५० जनाको घरमा डिप टयुुबेल जडान गरेको थियो।
तर गत आउन पनी केही नेताको पछाडी लागेर माण्डवी अध्यक्ष अन्जुु झा दातृ संस्थाको लगानी बाट बिभिन्न सामग्री बितरण गरेर भोटको राजनितिमा लागेको मेयर मेहताले गुनासो गरेका छन ।
चुुनाव लडने भए गैरसरकारी संस्था त्याग गरेर कुनै पार्टीको झण्डा बोकेर आउनुस स्वागत गर्छौ तर दातृसनकायको आडमा राजनितिकरण नगर्न मेयर मेहताले माण्डवी अध्यक्ष झालाई पत्रकार सम्मेलन मार्फत सुुझाव दिएका छन ।
माण्डवीको गलत हर्कतको नियमन तथा नियन्त्रण गर्न ईशनाथ नगरपालिकाले समाज कल्याण परिषद र गृहमन्त्रालयमा समेत लिखित उजुरी दिएको उनले जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा ईशनाथ नगरपालिकाका वडा ६का अध्यक्ष रामेश्वर साह,३ का अध्यक्ष रामकैलास राउत,९ का अध्यक्ष रामबाबुु राय यादले पनी माण्डवी संस्थाको गतिबिधीको खुलेर बिरोध गर्दै नियन्त्रणको लागी नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन ।
ईशनाथ नगरपालिका घरभएकी माण्डवीकी अध्यक्ष अन्जुु झा लाई प्रतिकृया दिंंदा माण्डवीले जिल्लाको ११ वटा स्थानियतहमा काम गर्दा कतैबाट यस्तो आरोप नआएको र ईशनाथका मेयर संतोष मेहताको यस्तो आरोप निराधार रहेको बताईन । गैरसरकारी संस्थाको तलब खाने मानिस कुनैपनी दलको कार्यक्रममा जानुुहुँदैन तर अध्यक्ष अथवा भाईटल पोष्टका मानिस कतै जानुु नै नहुने कुनै कानुनमा नभएको अध्यक्ष झाले बताईन ।
खानेपानीको लागी संस्थाले मात्र २० हजार रुपैया छुटयाएकाले
बढीलाग्ने रकम घरधनीले बेहोरेको हो माण्डवीले लिएको होईन उनले प्रसतकृया दिईन ।
देशका बिभिन्न नेताको ट्स्ट लगायत गैससको उदाहरण दिंदंै माण्डवीले गरेको कार्यक्रममा लक्षितबर्गलाई कहिलै नछुुटाएको दाबी गरीन ।