रौतहट । आषाढ २३ गते
खुल्याम रुपमा बिना मास्क र सामाजिक दुरी कायम नगरि जथाभावी हिड्ने रौतहटबासी कार्वाही हुने भएको छ । मुलुकमा कोरोना भाइरसको संक्रमन बढ्दै गएपछि घर बाहिर निस्कदा मास्कलाई गृह मन्त्रालयले अनिवार्य लगाउनु पर्ने नियम लागु गरेपछि रौतहटमा पनि नियम नमाने कार्वाही हुने भएका छन ।
गृह मन्त्रालयले मुलुकका ७७ वटा जिल्लामा पत्रचार गरेसंगै रौतहटमा पसनि यो नियम कार्यान्वयन हुने भएको छ । आफ्नो दैनिक क्रियाकलाप सञ्चालनको लागी घर बाहिर निस्कदा अनिवार्य मास्क र सामाजिक दुरि कायम गर्नु पर्ने भएको हो ।
यदि सो नियमको पालना नगरेमा अब कार्वाही हुने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दिनु भएको जानकारी अनुसार महामारीको समयमा मास्क नलगाई हिँड्ने र तोकिएको सामाजिक दुरी पालना नगर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले एउटा सुचना जारी गरि जनाएको हो ।