देवाही गोनाहीमा दुइ पक्ष बिच झडप,तीन तीन जना घायल

रौतहट । आषाढ २३ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका का एक जना वडाध्यक्षको छोरा माथि सांघातिक आक्रमण भएको छ । नपाको वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साहको छोरा माथि गएराति आक्रमण भएको हो । गाउँ कै केही मान्छेहरूले वडाको टोल करूनिया लक्ष्मिनिया का वडाध्यक्ष साहका छोरा अजय कुमार साह माथि आक्रमण गरिएको थियो । आक्रमणमा परि वडाध्यक्षका छोरा सहित दिपेन्द्र साह , राकेश साह , रोहित साह , धिरेन्द्र साह गम्भीर घायल भएका थिए । घाइतेहरूको स्थानीय नेपाल तराई हस्पिटल सुकदेव चौक मा ईलाज भईरहेको छ । घायल वडाध्यक्षका छोरा अजय जर्मनीमा अध्ययनरत छन् । विदामा आएको बेला आफनो खेत हेर्न जाँदा घात लगाई कमदईया पुलमा बसेका दर्जनौं को संख्या मा रहेको व्यत्तीहरूले लाठि फराठा ,रड , धारिलो हतियार प्रयोग गरि दर्जनौं को संख्यामा रहेका अपराधीक समुहले एक्कासि हमला गरेका थिए । वडाध्यक्ष साहले वडाका विपक्षीहरूले विकास निर्माण को नदिएको भन्दै आफनो छोरा माथि आक्रमण गरि घटना घटाएको आरोप लगाउनु भएको छ ।
फेसबुक स्टेटसको विषय लाई लिएर सामाजिक संजालमा वडाध्यक्ष र अर्का पक्ष का व्यतिहरू बिच विवाद बनेको थियो । त्यसमा वडाध्यक्षको छोरा संलग्न नरहे पनि सुनियोजित तरिकाले आक्रमण गरिएको थियो
ज्यानै मार्ने उदेश्यले आक्रमण गरेको वडाध्यक्षले आरोप लगाए । घटाना पछि पिडितहरुले इप्रका देवाही गोनाहीका इन्सपेकटर मेदनी साहल लाइ खबर गर्दा ‘मझाउनका लागि वडा नम्बर १ का वडाध्यक्ष नुरुल्लाह पठाएको भनेर जवाफ दिएको वडाध्यक्ष पक्षले जनाएको हो । नुरुल्लाह करिब एक डेढ सयको संख्यामा आएपछि झनै विवाद बढेको स्थानियले बताए । यस विषयमा ईप्रका गरूडामा सोधदा बाटो बनाउने विषय लाई लिएर दुई पक्ष बिच झडप भएको थियो । दुबै तर्फका ३।३ जना घायल छन् । घाइतेहरूको ईलाज चलिरहेको छ । स्थिति नियलिन प्रहरी लाई एक राउन्ड हवाई फायर गर्नु परेको र घटनाको बारेमा अनुसंधान भइरहेको ईप्रका गरूडाका डिएसपि ज्ञान कुमार महतोले जानकारी गराउनु भएको हो ।