रौतहटमा मलखादमा कालोबजारी बढयो, ब्यापारीहरु किसानलाई ठगीगर्न अझै पल्कीदै

रौतहट । जेष्ठ ३२
लामोसमय देखी लकडाउनको मार खेपीरहेका रौतहटका किसान अहिले मलखादमा भईरहेको ब्यापक कालोबजारीका कारण दोहरो मारमा परेका छन ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको अवधीमा खाद्धान,अत्यावशयक सामान बिउ बिजन तथा मलखाद्धको गाडी कहिलै रोकिएन ।
तर रौतहटमा केही ब्यापारीहरु लकडाउनको बहाना बनाएर बिभिन्न बिउबिजनका साथै मलखाद्धमा ब्यापक कालोबजारी गरीरहेका छन।
रौतहटको अधिकांस बजारहरुमा ब्यापारीले अन्य दिनमा मात्र ८ सय पर्ने युरिया मलखाद्ध १२ सयमा र २३ सय पर्ने कम्पलेक्स मलखाद्ध २५ सयमा बिक्री भईरहेको फतुवा बिजयपुर रांगीटोलका एकजना किसान अच्युत मैनालीले गुनासो गरेका छन ।
जिल्लाको कटहरिया,सिम्राभवानीपुर,कटहरिया लगायतका बजारमा रहेका केही मलखाद्धका अधिकारीक डिलरले पनी ब्यापक कालोबजारी गरीरहेको किसानहरुले गुुनासो गरेका छन ।
कालोबजारी गर्ने बिरुद्ध प्रहरीमा लिखित उजुुरी दिने कोई किसान अगाडी नआएको कारण त्यस्ता ब्यापारीहरु किसानलाई ठगीगर्न अझै पल्कीरहेका छन ।