रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय नाघयो,पालन भएन लकडाउन को नियम


रौतहट । जेष्ठ ३२
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस संक्रमितको मामिलामा रौतहट देशमै सबै जिल्लामा अग्रस्थानमा पुगेको छ ।
शनिवार एकैपटक ९२ जनामा कोरोना संक्रमणको पुष्टी भएसंगै रौतहटमा संक्रमितको संख्या ७ सय नाघेको छ यो देशकै सबै जिल्लाको तुलनामा बढी हो ।
जिल्ला अस्पतालका प्रमुख महेस साहका अनुसार परोहा नगरपालिकाको ५२ जना,ईशनाथको २३,राजपुरको १२ र देवाही गोनाहीको ५ जनागरी कुल ९२ जनामा संक्रमणको पुष्टी भएको हो ।
सो संगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या शनिवार अपरान्ह सम्म कुल सातसय ११ पुगेको प्रमुख साहले बताएका छन ।
संक्रमित बसैजना संबन्धित पालिका स्थित क्वारेन्टाईनमा बस्दैआएका छन । भारतमा लकडाउन लामोसमय सम्म चलेको कारण बिभिन्न सहरमा रोजगारी गरेर बसेकाहरु आआफनो घर फर्केका थिए ।
भारतको मुंबई,दिल्ली,गुजरात, लगायतका सहर बाट फर्केर जिल्लाको बिभिन्न क्वारेन्टाईनमा हजारौं मानिस बसीरहेका छन ।
उनीहरुमा उच्च संक्रमण देखिए संगै रौतहटमा संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । दुुईदिन अघिमात्रै स्वास्थ मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले मिडिया ब्रिफिंगमा दुईसय बढी संक्रमित हुने जिल्लामा लकडाउनमा कडाईगर्ने, सुरक्षा सतर्कता बढाउने बताएका थिए ।
तर रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या ७ सय नाघीसकेको अवस्थामा लकडाउन अनलक भएको छ ।
जिल्ला सदरमुकाम गौर देखी गरुडा,चन्द्रपुर,कटहरिया लगायत सबैबजारका पसलहरु खुलीरहेका छन ।
निजि सवारी साधनहरुको त्यतीकै चाप छ , केहीदिन अघि स्थानिय प्रशासनले पसल खोल्दा सामाजिक दुरी कायम राख्ने,मास्कको प्रयोग अनिवार्य गर्नुुपर्ने,प्रत्यके पुसल अगाडी साबुन पानी सेनिटाईजर राख्नुपर्ने सुचना जारी गरेको थियो।
तर रौतहटमा कुनै नियमको पालना भएको देखिएन, सुरक्षा सतर्कता समेत न अपनाईएकाले यहाँ कोरोना भाईरसको महामारी फैलिन सकने बिज्ञहरुले आशंका गर्नथालेका छन ।