रौतहट । जेष्ठ ३२
रौतहटको राजपुर नगरपालिका स्थित क्वारेन्टाईनमा बसीरहेका संकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ ।
राजपुर नगरपालिका १ बहुअर्वा क्वारेनटाईनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै आज मुख्य सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रेका थिए ।
बाटो खुलाउन गएका प्रहरीमाथी आन्दोलनकारी अथवा क्वारेन्टाईन मा बसेका र उनका आफन्तहरुले ढुुंगामुढा बाट आक्रमण गरेका थिए ।
आक्रमण बाट तिनजना प्रहरीलाई चोटपटक लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन ।
घटनालाई नियन्त्रणमा लिन नेपालप्रहरी सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत खटाईएको थियो । सो क्रममा प्रहरीले २ राउण्ड हवाईफायर र १२ सेल अश्रुग्यांस प्रहार गर्नुपरेको प्रवक्ता श्रेष्ठले जनाएका छन ।
झडपमा परेर क्वारेन्टाईन बस्ने र उनका आफन्त मध्ये ३ जनालाई चोटपटक लागेको छ । ईलाका प्रहरी कार्यालय रापजुरका प्रमुख सई दिपक गुप्ताले पिसिआर रिपोर्ट नआएको भन्दै आन्दोलनमा उत्रेकाहरुलाई सम्झाउन गएका प्रहरी माथी उनीहरुले एकाएक आक्रमण गरेका थिए ।
हाल उक्त क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरीएको र अवस्था सामान्य भएको सई गुप्ताले जानकारी दिएका छन ।
पछिलो केहीदिन देखी राजपुरकै जस्तो जिल्लाको कैयौं क्वारेन्टाईन को अवस्था तनावग्रस्त बनेको छ ।
लगातार १५ दिनसम्म बस्दा पनी पिसिआर रिपोर्ट नआएको भन्दै आन्दोलन गर्ने प्रहरीमाथी,स्वास्थकर्मी माथी आक्रमण गर्ने छाँटघाट देखिएको छ ।