रौतहट गुजराको देवान फकिर बलात्कार तथा अपहरण मुद्दामा पक्राउ

रौतहट । साउन २६ गते

रौतहटमा फेरी बलात्कार तथा अपहरण सुरु भएको छ। रौतहटको गुजरा नगरपालिकाका एक जना बलात्कार तथा अपहरण मुद्यामा पक्राउ परेको छ । गुजरा न पा–५ सोनारडिह टोलका २६ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो ।
फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए ।