रौतहटमा नगद र मोबाइल लुटने यादव पक्राउ

रौतहट । साउन २६ गते
रौतहटमा लुटपाटमा संलग्न रहेको अभियोगमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा मौलापुरका राकेश राय यादब हुन। आइतबार राति प्रहरीले फतुवा बिजयपुरका नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा यादबलाई पक्राउ परेका हुन् ।
नबिन कुमारले फतुवा सन्तपुरस्थित आइएमईबाट उक्त नगद रकम निकाली घरतर्फ जाने क्रममा गम्हरिया स्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद रकम तथा मोबाइल लुटी फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय फतुवा बिजयपुरबाट गस्ती टोलीमा तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न रहेको राकेश राय यादबलाई मोटरसाइकल सहित पक्राउ गरेको तथा नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी कार्य गरिरहेको बताएको छ ।