कटहरियामा नगर स्तरीय अपांग समितीको बैठक सम्पन्न


रौतहट । आषाढ ०९ गते

आज रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत अपाङ्ग समन्वय समितिको वैठक सम्मान भएको छ । कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन को अध्यक्षमा वैठक
वसेको थियो । वैठकमा विभिन्न निर्णयहरू गरिएको थियो । आजको वैठक बाट नगरपालिका को वडा नं ३,४,५,६,को जम्मा ३० जना अपाङ्गहरू लाई क, ख, ग, घ, वर्ग समेत वैठक बाट छनौट गरिएको थियो । यस अवसरमा समाज सेवी यूवा नेता नसरूदिन अन्सारी, प्र अ योगेन्द्र कुशवाहा, डाक्टर यासुमल, मदन यादव, कौशल चौधरी, गणिलाल दास, रामनरेश यादव, हरिनद्र यादव, संघसंस्था बाट राजेश साह, महिला सदस्य सिता देवी, लगायत को रोहवरमा वैठक सम्पन्न भएको थिया । वाकी रहेको कटहरिया नगरपालिका को वडा नं ७,८,९ को निवेदन दिएका अपाङ्गहरूलाई आषाढ १४ गते आइतबार ११ वजे समेत नगरपालिका मा पठाउन वडा कार्यालय मा पत्र पढाइएको समेत जानकारी गराइएको रामअधार यादवले जानकारी गराए ।