आरडिसी द्धारा हातधुनका लागी हेन्डवास स्टेशन स्थापना


रौतहट । आषाढ ०९ गते
अक्सफाम नेपालको सहयोग तथा आरडिसी नेपालको आयोजनामा रौतहटको चन्द्रपुरमा रहेको बिभिन्न स्थान तथा गुजरा नगरपालिका कार्यालय अगाडी हातधुनका लागी हेन्डवास स्टेशन स्थापना गरीएको छ ।
मगलवार चन्द्रपुरको सन्तपुरमा रहेको सशस्त्र प्रहरीको बेश क्याम्प अगाडी, नेपाली सेनाको चादी नदी छेउको गणमा , इलाका प्रहरी कार्यालय चन्द्रपुर अगाडी, चादी पार्कका रहेको आइसोलेसन मा र गुजरा नपाको कार्यालय अगाडी हातधुने स्टेशन स्थापना गरीएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन ।
सुरक्षाकर्मि तथा मानिसहरुको चहलपहल हुने कार्यालयहरुमा हात धुनका लागी व्यवस्था गरीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैन ले जानकारी दिएका छन ।
पानी ट्याकी, धारा सहित को हातधुने व्यवस्था छ । हातधुने पानी निकाल्नका लागी खुट्टा थिचेपछि धारामा पानी आउने सुबिधा बनाइएको पत्रकार मुकेश साहले बताएको छ ।