मास्क नलगाउने २९४६ जनालाई कारवाही

बारा, २६ साउन । कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिवार्य मास्क नलगाउने ४९ महिलासहित २ हजार ९ सय ४६ जनालाई कारवाही गरिएको छ । हालसम्म मास्क नलगाई हिडडुल गर्नेबाट संक्रमक रोग ऐन २०२० अनुसार प्रति ब्यक्ति रु.सयका दरले कारवाही गर्दा २ लाख ९४ लाख ६ सय राजश्व संङ्कलन भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कोरोना महामारी दिनानुदिन समाजमा बढ्दै गई रहेकाले त्यसबाट बचाउ गर्न प्रशासनले निषेधज्ञा लागु गरेका दिनमा पनि बिना कार्य हिड्डुल गर्ने समेतलाई कारवाही गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । यसअधि बारा प्रहरीले कोरोना नियन्त्रण गर्न थालनी गरेको अभियानमा मास्क नलगाई हिँड्ने पैदल यात्रु, व्यापारीहरुलाई मास्क बितरण गरेका थिए ।