मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

बारा, २६ साउन । बाराको हुलाकी राजमार्ग स्थित पर्ने लंगडा चोक नजिकै सोमबार बिहान छ बजे मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नाम, ठेगाना खुल्न नसकेका लंगडा चोकबाट कलैया आउने क्रममा पचरौता नगरपालिका वडा नम्बर ८ मा पर्ने ढोडा खोला नजिकै ना ३४ प ३४०० नम्बरको स्पेलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको बारा प्रहरीले जनाएको छ । अन्दाजी ३०÷३२ वर्षीया युवकको घटनास्थलमै मृत्यु भएको तथा उनको शवलाई परीक्षणगर्न कलैया अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।