लगातार परिरहेको बर्षाले रौतहटको जनजीवन प्रभावित

रौतहट २६ असार
बिहिवार रातिदेखि लगातार परिरहेको बर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ । बर्षाको पानी बढदैजांँदा पुर्व पश्चिम महेन्द्र राजमार्ग चन्द्रपुर २ स्थित राजमार्ग अवरुद्ध बनेको छ । बिहानै देखि पानिको चाप बढदैगएको कारण ठुला सवारीसाधन जेनतेन पास गरेपनि साना सवारीसाधन चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिएका छन । अहिले पुर्व र पश्चिम बाट आएको दर्जनौं सवारीसाधन चन्द्रपुर चौक र लचका नजिक अड्केको छ । त्यसैगरी अविरल बर्षाले जिल्लाको पुर्विभेगमा बागमती र पश्चिममा लालबकैया नदिका साथै साना खोलाहरुमा पनि पानीको सतह बढ्दै गएको छ । लालबकैया नदिमा आएको बाढीले कटहरिया ४ र देवाहीघाट नजिक तटबन्धमा कटान गरिरहेको स्थानीय तवारख मिंयाले बताएका छन । बकेया र बागमती नदिमा पानीको स्तर बढ्न थालेपछि स्थानीय प्रशासनले सजग रह्न सबैलाई अनुरोध गरेको छ । लगातारको बर्षाले गौर,चन्द्रपुर बाहेक १६ वटै स्थानीय तहको बाटोहरु पुर्णरुपमा प्रभावित हुंदा आवत जावतमा कठिनाइ भैइरहेको छ ।