नयाँ हाकिमको रुपमा कटहरिया नपाले पायो राम प्रकाश साह


रौतहट । आषाढ २६ गते
रौतहटको कटहरिया नगरपालिका का निमित प्रमुख प्रशासकिय अधिकृत पदमा आज लेखा अधिकृत राम प्रकाश साह हाजिर हुनु भएको छ । एक महिनाको अन्तरालमा नगरपालिकामा तिन वटा हाकिम हाजिर भएका हुन् । यस अघि आएका दुइ जना हाकिमहरु निलम्बनमा परेका छन् । जिल्लाको गरुडा तथा कटहरियामा लेखा अधिकृतको रूपमा काम गरिसकेका छन् । आज एक कार्यक्रमका बिच कटहरिया नगरपालिका का नगर प्रमुख सियाराम कुशवाहा,नगर उप प्रमुख नुरजाहां खातुन ,समाज सेवी युवा नेता नसरूदिन अन्सारी लगायतका कर्मचारीहरु ले स्वागत गरेका थिए ।
असारको अन्त्यमा बिकास निमार्ण तथा सेवाग्राहस्को भुक्तानीको चटारो परिरहेको बेलामा रौतहटको कटहरिया नगरपालिका हाकिम बिहिन बनेको थियो । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम्बनमा परेपछि सो नगरपालिका हाकिम बिहिन बन्न पुगेको थियो । रौतहटको कटहरिया नगरपालिका लगायत ८ वटा स्थानिय तहले अझै पनि नगर सभा गर्न सकेका छैनन । कटहरिया नगरपालिकामा एक महिनाको अबधिमा २ जना प्रमुख प्रशासकिय अधिकृत निलम्बनमा परेपछि सो नगरपालिकाको नगर सभा अन्यौलनमा छ । गत असार ७ गते तत्कालीन प्रमुख प्रशासकिय अधिकृत श्याम कुमार सिंह निलम्बनमा परे । जिल्ला हुलाक कार्यालय दैलेखमा कार्यरत रहदा उनले भष्ट्रचार गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेपछि उपसचिब सिह निलम्बनमा परेका थिए ।

त्यस पछि असार १५ गते शाखा अधिकृत मनोज कुमार रजक सो कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आए । उनी पनि नगरपालिकामा हाजिर भएको १ हप्ता बित्न नपाउर्दै निलम्बनमा परेको थिए । केही बर्ष अघि रौतहटकै राजदेबी नगरपालिकामा कम्बल खरिदको बिषयमा अनियमिता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत रजक सहित ६ जना माथि बिषेश अदालतमा मुद्दा दायर गरेको थियो । रजक असार २२ गते देखी निलम्बनमा परेका हुन ।

यता प्रमुख प्रशासकिय अधिकृतको अभाबमा नगरपालिकाको नगर सभा गर्न नसेको नगर प्रमुख कुशवाहको भनाइ छ । नगर सभा समयमा प्रमुख प्रशासकिय अधिकृतहरु धमाधम निलम्बनमा परेपछि आफुलाइ समस्या परेको हो । असार १० गते भित्र नै नगरसभा गरी सक्नु पर्ने नेपाल सरकारको निति भएतापनि कर्मचारीको अभाबले गर्न नसकेको उनको भनाइ छ । संघिय मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत नपठाइदिदा सेवाग्राहीको भुक्तानीमा समेत समस्या आएको छ । अहिले कटहरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रुपमा साह आएका छन् । प्रमुख प्रशासकिय अधिकृतको लागी सो नगरपालिलकामा कार्यरत मध्य सिनियर कर्मचारीको नाम मन्त्रालयले मागेको र सोही अनुसार आफुले नाम पठाएको वहाँले बताउनु भयो ।
कटहरिया नगरपालिका सहित बौधमाइ नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,देवाही गुनाही नगरपालिका,राजदेबी नगरपालिका,गुजरा नगरपालिका,इशनाथ नगरपालिका र गरुडा नगरपालिकाको नगर सभा भएको छैन । गरुडा नगरपालिकाको आउदो असार २९ गते नगर सभाको तयारी पुरा भएको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमम्द मुस्ताक आलमले जानकारी दिएका छन ।