धुवाँ मुक्त वडा बनाउने उदेश्यले ग्यास सिलिण्डर र चूलो वितरण गरियो

रौतहट । आषाढ २९ गते
रौतहट जिल्लाको कटहरिया नपाको एउटा वडामा आज ग्यास सिलिण्डर र चूलो वितरण गरिएको हो । आज एक कार्यक्रमका बिच नपाको वडा नम्बर ५ मा छुटेका वडावासीहरु लाइ आज उपलब्ध गराइएको हो । कटहरिया नगरपालिका द्धारा एक वर्ष पहिला ग्यास सिलिण्डर र चुलो बाँडेको थियो । त्यसमा छुटफुट भएका व्यतीहरु लाइ आज दिइएको हो । बाँकी रहेको करिब १५० जना विपन्न,दलित आदिवासी ,असाहय गरीब लाई वडाध्यक्ष सर्फलाल गुप्ताले ग्यास सिलिण्डर र चुलो वितरण गरेका थिए । आफनो वडा लाइ धुवाँ मुक्त वडा बनाउने उदेश्यले ती घरपरिवारहरु लाई ग्यास सिलिन्डर सहित चुलो सेट वितरण गरिएको वडाध्यक्ष गुप्ताले जानकारी गराए । यस अवसरमा वडाध्यक्ष गुप्ता सँगै नेपाली काँग्रेसका युवा नेता राजाबाबु साह,युवा नेता समाजसेवि नसरुदिन अन्सारी,वडा सदस्यहरु ,पत्रकार प्रकाश श्रेष्ठ सहितका व्यतीहरुको उपस्थिती रहेको थियो ।