बज्जिका गायक पटेलको भक्ती एलबम हर हर महादेव सार्वजनिक

रौतहट । आषाढ २९ गते
बज्जिका भाषा को बोलबम एलबम हर हर महादेव विमोचन भएको हो । स्थानिय रेडियो मधेश मसला को बज्जिका खबर बाट विमोचन भएको गायक रविन्द्र कुमारले बताए । निर्माता मनोज कुमार चौधरी,निर्देशक राजेश्वर पाण्डे,शब्द सम्पादक सञ्जय मित्रको रहेको छ भने गीतकारको रुपमा सुरज नारायण झा,संगीत राकेश राहीको रहेको छ । सिएन प्रोडक्सनको प्रस्तुती एलबम हरहर महादेव आज सार्वजनिक भएको हो । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका प्रस्तोता एवम गायक रविन्द्र पटेलको भक्ती एलबम हर हर महादेव नामको एलबम मा स्वर रविन्द्र पटेलले दिएका छन् । यसअघि पनि विभिन्न भक्ती गीत र बज्जिका भाषाको गीत गाएका गायक पटेलको गीत बजारमा लोकप्रिय हुनुमा विश्वास गरिएको छ ।