नयाँ वर्ष मनाउन गएको १५ बर्षे नाबालकको नदीमा डुबेर मृत्यु
बारा, बैशाख १ गते । नयाँ वर्ष मनाउन गएका एक नाबालकको नदीमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा बाराको सुर्वण गाउँपालिका वडा नम्बर(३ पचगछिया टोल निवासी मनोज प्रसाद यादवको १५ बर्षिय छोरा अभिषेक कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । नयाँ वर्षमा पिकनिक मनाउन गएका साथीहरुको समूहमा गाउँ नजिकै रहेका नदीमा नुहाउने क्रममा सोमवार साँझ अन्दाजी ५ बजे गहिरो पानीमा डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए । मृत्तक यादवको शव परीक्षणको लागि कलैया अस्पतालमा ल्याईएको तथा यसबारे बिशेष अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ । यसैगरि एक साता अगाडी पनि पौडी खेल्ने क्रममा बकैया नदीमा डुबेर निजगढ नगरपालिका वडा नम्बर–९ शान्ति टोलका १९ बर्षिय सविन सहनीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।