
नेपालको नक्सा कोरी २०७७ सालको आगमन मनाइयो
बारा, बैशाख १ गते । नेपालको नक्सा बनाएर सोमवार साँझ यूवाहरुको समूहले नयाँ बर्ष २०७७ मनाएको छ । प्रत्येक बर्ष झै यसबर्ष कोरोनाको माहामारीले गर्दा विधिवत नयाँ वर्ष मनाउन नसके पनि नेपालको नक्सामा बनाएर पूर्वदेखी पश्चिमसम्मको ठाउँमा मैनवत्ती बालेर नयाँ बर्ष मनाइएको महागढीमाई नगरपालिका गंजभवानीपुरका पोपुर समूहका अध्यक्ष संतोष कुमार साहले बताए । बाराको महागढीमाई नगरपालिकाको बजार क्षेत्रमा सोमवार साँझ समूहका सदस्यहरुले नेपालको नक्सा बनाएर त्यस माथि नेपालको झण्डा निर्माणगरि नक्सामा कोरिएको ७७ वटै जिल्लामा मैनवत्ती बालेर सबैको हितका लागि शान्तिपूर्ण ढंगले नयाबर्ष मनाइएको अर्का सदस्य अशोक यादवले बताए । तामझामका साथ राम्रो परिकारको साथै मनाईने बार्षिक उत्सव यसबर्ष भने कोरोनाले खाई दिएकाले यो महामारीबाट बच्न सबैले आफ्नो घरमा बसिदिन हुन पोपुर समूहले सबैमा अनुरोध गरेका छन् ।
