रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि
बैशाख १ गते । रौतहट जिल्लाका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा बीरगंजबाट कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । प्रवक्ता डा.विकास देवकोटोले बीरगंजमा तीन जनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचानगरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए । ती व्यक्तिसँग आएका २८ जनाको नमुना परीक्षण भएको उहाँले बताए । साथै बीरगंजको छपकैया टोलका ५९ जनामा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी समेत दिए ।