कोरोना भेटिएपछि बीरगंजमा उच्च सतर्कता

पर्सा, ३० चैत्र । तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ स्थानिय तह, प्रदेश सरकार, प्रहरी प्रशासनले आवश्यक उच्च सतर्कता देखाएको छ । सञ्चार मन्त्रालयले बीरगंजको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ३ जना भारतीय जमातिलाई कोरोना संक्रमण भएको औपचारिक पुष्टि गरेसँगै वीरगंजमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । छपकैया इलाकालाई शिल गरी शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परिक्षण लगायतका कामहरु अगाडी बढाईएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताए । यता प्रदेश २ सरकारले बीरगंजको नारायणी अस्पताललाई कोरोना भाईरस चेकजाँचको लागि पीसीआएर मेसिन दिने र कलैया अस्पताललाई तत्काल कोरोना अस्पताल बनाउने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा सन्त्रास बढदै गएको छ ।