स्थिति नियन्त्रणमा लिन रौतहटमा कार्फयु लाग्यो

रौतहट, ५ फागुन । 
सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । 
सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका थिए । शनिबार फेरी दुई पक्षबीच झडपको अवस्था सृर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सो ठाउँमा कार्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार ईशनाथ नगरपालिका–७ घिउराटोलमा शुक्रबार सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा मुस्लिम पक्षले डिजे बाजा बन्द गर्न अवरोध सृर्जना गरेपछि बिच बाटो मै मूर्ति राखेर बसेपछि दुबै पक्ष बिच झड्प भएको थियो ।
हिन्दु धर्ममाथि पटकपटक यसरी निन्दनिय कार्य गरेको भन्दै केही ब्यक्तिहरुले शनिबार पनि झड्पको अवस्था सृर्जना गरेपछि स्थानीय प्रशासनको रोहबरमा दुबै पक्ष बिच साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 
बिगत पाँच बर्षदेखि सो ठाउँमा दूर्गा पुजा र सरस्वती पुजामा मूर्ति सेलाउने क्रममा मुस्लिम समुदायबाट अवरोध सृर्जना हुँदै आएको तथा हिजो, आज पनि भित्री मनसाय उग्र नै देखिएकाले शनिबारदेखि अनिश्चितकालसम्मको लागि कार्फ्यू आदेश जारी गरिएको उहाँले भन्नुभयो ।
पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम काफर््यु आदेश जारी गरिएको प्रजिअ.रेग्मीले बताउनुभयो ।
घट्नास्थलमा मधेश प्रदेश प्रमुख (डिआईजी) प्रहरी नायब महानिरीक्षक द्धय यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख (डिआईजी) दिपेन्द्र श्रेष्ठ समेत पुग्नु भएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  • रौतहट, ५ फागुन ।
  • सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ ।
  • सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका थिए । शनिबार फेरी दुई पक्षबीच झडपको अवस्था सृर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सो ठाउँमा कार्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
  • उहाँका अनुसार ईशनाथ नगरपालिका–७ घिउराटोलमा शुक्रबार सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा मुस्लिम पक्षले डिजे बाजा बन्द गर्न अवरोध सृर्जना गरेपछि बिच बाटो मै मूर्ति राखेर बसेपछि दुबै पक्ष बिच झड्प भएको थियो ।
  • हिन्दु धर्ममाथि पटकपटक यसरी निन्दनिय कार्य गरेको भन्दै केही ब्यक्तिहरुले शनिबार पनि झड्पको अवस्था सृर्जना गरेपछि स्थानीय प्रशासनको रोहबरमा दुबै पक्ष बिच साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
  • बिगत पाँच बर्षदेखि सो ठाउँमा दूर्गा पुजा र सरस्वती पुजामा मूर्ति सेलाउने क्रममा मुस्लिम समुदायबाट अवरोध सृर्जना हुँदै आएको तथा हिजो, आज पनि भित्री मनसाय उग्र नै देखिएकाले शनिबारदेखि अनिश्चितकालसम्मको लागि कार्फ्यू आदेश जारी गरिएको उहाँले भन्नुभयो ।
  • पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम काफर््यु आदेश जारी गरिएको प्रजिअ.रेग्मीले बताउनुभयो ।
  • घट्नास्थलमा मधेश प्रदेश प्रमुख (डिआईजी) प्रहरी नायब महानिरीक्षक द्धय यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख (डिआईजी) दिपेन्द्र श्रेष्ठ समेत पुग्नु भएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।