कोरोना जित्न बारामा अनिश्चितकालकालिन निषेधाज्ञा

आरएन पटेल
रौतहट । साउन ३२ गते
बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छ भने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी,तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्डमा समेत ननिस्कन आदेश दिइएको छ ।