उपमेयरका श्रीमानले अबैधरुपमा नदिमा जेसिबी चलाएपछि


आरके श्रीवास्तव रौतहट । आषाढ ०९ गते
रौतहट स्थित एकजना उपमेयरका श्रीमानले अबैधरुपमा नदिमा चलाएको जेसिबी प्रहरीले नियन्त्रणमा निएको छ । गुजरा नगरपालिकाको उप मेयर रौशन खातुन शेखको श्रीमान शेख बदरुदिनले लालबकैया नदिमा चलाएको सिएएसएस ८५ आईईएक्स लेखेको जेसिबी प्रहरीले नियन्त्रणमा लिएको हो । जेष्ठ मसान्तसम्म मात्र नदिजन्य पदार्थ निकाल्नु पर्ने नियम बिपरित बदरुदिनले उपमेयर रौषन खातुनको धाक देखाउदै लालबकैया नदिमा जेसिबी लगाई १० वटा ट्रयाक्टरमा आइतबार मिक्स ग्रेभल ढुवानी गराईरहेका थिए । स्थानीयको सूचना तथा रौतहटका सिडिओ बाशुदेव घिमिरेको निर्देशनमा आइतबार सांझ प्रहरी चौकी हरिनगरको टोलिले नियन्त्रणमा लिएको हो । बन क्षेत्र अन्तरगत प्रयोग भएको अवस्थामा बरामद जेसिबी आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालयमा बुझाएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । जिल्ला बन अधिकृत बिनोद कुमार सिंहले जिल्ला समन्वय समिति को सहकार्यमा नियमानुसार आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाईएको बताए । आज दोस्रो दिन पनि जेसिबि प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।