रौतहटका क्वारेन्टाईनमा बस्ने कोरोना संकास्पद विरामीको संख्या कम हुदै

आरके श्रीवास्तव रौतहट । अषाढ ०९ गते
भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या १६ सय भन्दा कम भएको छ । आइतवार को तुुलनामा सोमवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्या १६ सय भन्दा कम भएको छ । भारतमा लामोसमय देखी लगातार लकडाउन गरेको कारण बिभिन्न सहरमा बसेकाहरु आआफना गाँउ फर्किन थालेका छन । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा दस हजार २४४ बेड को क्वारेन्टाईन निर्माण गरीएको छ । सोमवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कम भई एक सय ३३ महिला सहित १ हजार ५ सय ७ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल ९ हजार ८ सय ३१ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।