आरके श्रीवास्तव । रौतहट । आषाढ १६ गते
आईतवार लालबकैया नदिको छेउमा खेत हेर्न जाँदा बगेर बेपाता भएका राजपुर नपा ८ निवासी २५ वर्षीय शेख फिरोज आलमको शव दुई दिनपछि आज मंगलबार भारतको फुलवरीया घाटमा फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको जनाइएको छ ।
स्मरणिय होस स्थानिय राजपुर नगरपालिका स्थित लालबकैया नदीमा पौंडीखेल्न गएका १ जना युवक बेपता भएका थिए ।
नदीमा पौडीखेल्न गएका राजपुर ८ का शेख कलिमको छोरा २५ बर्षिय शेख फिरोज अपरान्ह ३ बजे बेपता भएको प्रहरीले जनाएको थियो ।
शेख फिरोज संगै नदीमा बेपता भएका सोही ठाँउका ३० बर्षिय हजारी मिँयालाई घटनास्थल बाट ३ सय मिटर पर जिवितै उद्धार गरीएको थियो । एक हप्ता देखी लगातार परीरहेको बर्षाको कारण लालबकैया नदी, बागमती नदी,चाँदी खोला,लगायत साना साना खोलामा पनी पानीको स्तर उच्च भएको तथा बाढी आएको छ ।