रौतहट । आषाढ १५ गते
कृषि ज्ञान केन्द्र रौतहटले आज १७ औं राष्ट्रिय धान दिवस मनाएको हो । धानमा बृद्धि आत्मनिर्भरता र समृद्धि नाराका साथ जिल्लामा पनि धान दिवस देश भर मनाउने क्रममा आज रौतहटमा पनि मनाइएको हो । रौतहट सीडस बालचनपुर वडा नम्बर १० स्थित एक कार्यक्रमका बिच यो दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र रौतहटको आयोजना मा भएको कार्यक्रमको अध्यक्षता बरिष्ठ कृषि विकास अधिकृत जितेन्द्र झाले गरेका थिए । कार्यक्रम लाइ कृषि प्रसार अधिकृत हरिशंकर प्रसाद जयसवालले सहजीकरण गर्नु भएको थियो । चन्द्रपुर ९ का वडाध्यक्ष गोविन्द प्रसाद दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक दुरी पालन गरि करिब ३२ जना सहभागी रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिलला कार्य समिती रौतहटका अध्यक्ष तथा केन्द्रिय सदस्य बलराम साहले जानकारी गराएका हुन् । दिवस मनाउने क्रममा आज विशेष परिकारको रुपमा दहि चिउरा खाने दिन भएकोले उस्थित सबै जना लाइ दहि,चिउरा,आँप सहितको परिकार खुवाइएको थियो ।