कलैया उपमहानगरपालिकाको क्वारेन्टाइनमा ९ जना शंकास्पद ब्यक्ति

बारा, २५ चैत कलैया उपमहानगरपालिकाले वडा नम्बर–३ को गंगापुरमा रहेको शिक्षा तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा ९ जना शंकास्पद पुरूषहरूलाई नियन्त्रणमा राखिएको छ । उपमहानगरपालिकाको निगरानीमा रहेका क्वारेन्टाइनमा ९ जना भारतीय पुरूषहरूलाई मंगलबार राखिएको हो । उपमहानगरपालिकाले एक सय शैयाको क्वारेन्टाइनमा खाना, नास्ता समेतको व्यवस्था उपमहानगरपालिकाले गरेको नगर प्रमुख राजेश राय यादवले बताए । क्वारेन्टाइनमा बस्ने शंकास्पद व्यक्तिहरूलाई सिसिटिभी मार्फत निगरानी राखिएको नगर प्रमुख यादवले जनाए । यसअघि बाराका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रही उपरीक्षक दिगविजय सुवेदी, राष्ट्रिय अनुसन्धान प्रमुख विमल घिमिरे, स्वास्थ्यकर्मी सहितको टोलीले अनुगमन निरक्षण गरेका थिए । निरीक्षणको क्रममा कलैया उमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद घिमिरे, स्वास्थ्य शाखाका प्रेमचन्द्र जयसवाल लगायतको सहभागीता रहेको थियो ।