सिम्रौनगढ नगरपालिका द्वारा राहत वितरण

बारा, २५ चैत । सिम्रौनगढ नगरपालिकाले लकडाउनका कारण प्रभावित भएकाहरुलाई राहत स्वरुप खाद्यान्न वितरण शुरु गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न उदेश्यले दुई हप्ता देखि जारी लकडाउनका कारण नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगायतका धेरै स्थानीयहरु प्रभावित भए पछि राहत वितरण गरिएको सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकरा यादवले बताए । दैनिक ज्यालादारीगरि रहेका र आर्थिक अवस्था कमजोर भएकाहरुको हातमुख जोडने समस्या भएको देखेर नै खाद्यान्न बितरण गरिएको उनले बताए । अहिले दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई लकडाउनको कारण खानामा समस्या भएको र उनीहरुलाई प्राथमिकतामा राखेर करिब सात हजार घर परिवारलाई २५ किलो चामल, दुई किलो दाल, पाँच किलो आलु, दुई किलो आयोडिन नुन र एक लिटर खाने तेलको दरले खाद्यान्न बितरण गरिएको प्रमुख यादवले बताए ।