बारामा आइसोलेशनको अवस्था हेर्दा अरु नै रोगको संक्रमणबाट मर्ने चिन्ता

बारा। साउन २८ गते
बाराको कलैया अस्पतालले गंगापुर शैक्षिक तालिम केन्द्रमा सञ्चालन गरेको कोभिड (१९ आइसोलेशन वार्ड संक्रमित बस्न लायक नभएको भन्दै व्यापक आलोचना भएको छ । संक्रमितहरूले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै यस्तो आइशोलेसनमा बस्न नसकिने जनाएका छन् । संक्रमित राखिने कोठा, शौचालय अत्यन्तै फोहोर रहेको उनीहरुको गुनासो रहेको छ । जताततै फोहोरको थुप्रोले थप रोगको संक्रमण फैलन सक्ने स्थानीयले बताएका छन् । हामी यहाँ बस्दा कोरोना भाइरस संक्रमणले नभइ अरु नै रोगको संक्रमणबाट मरीन्छ की भन्ने चिन्ता लागिरहेको छ आइशोलेसनमा रहेका जितपुर सिमराका एकजना संक्रमितले भने । कलैया अस्पतालका मेडिकल सुपरीटेण्ड डा.महेन्द्र मण्डल संग सम्पर्क गर्दा आगशोलेसनको सरसफाइ गरेर सेवा सुधार गरीएको जानकारी दिनुभयो ।