सांसद साहको पहलमा दिपही र विजयपुर बजारमा ५० फिट फराकिलो सडक विस्तार

रौतहट । साउन ०६
रौतहटको दुई ठुला व्यापारिक केन्द्रको रुपमा रहेको सडकमा पर्ने मुख्य दुई बजारमा ५० फिट फराकिलो सडक निर्माण भएको छ । जयनगर बाट मौलापुर हुँदै वीरगन्जसम्म जाने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै निजगढसम्म जाने सडक खण्डको विजयपुर बजारमा जम्मा २० फिट सांघुरो सडक रहेकोले आवतजावतमा कठिनाई भईरहेको थियो । उक्त सड़कलाई फराकिलो बनाउन रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अनुगमनको क्रममा ठेकेदार र सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका थिए । सांसद साहले सडक छेउमै रहेका भौतिक संरचना भत्काएर सहयोग गरिदिनका लागि स्थानीयलाई आग्रह गरेपछि स्थानीयले पनि गम्भीरता देखाएकोले सडक ५० फिट फराकिलो सम्भव भएको हो । सडक फराकिलो बनाउन तीन तल्ले भवन समेत भत्काउनु परेको थियो । “यो दुई ठाउँमा राज्यले मुआब्जा दिएर पनि भौतिक संरचना भत्काउन सक्ने स्थिति थिएन । सांसद प्रभु साह प्रति जनताको बिश्वासको कारणले मात्र उहाँको सामान्य निर्देशनको आधारमा वर्षौँदेखी बनाइएको दुई र तिन तल्ले पक्की घरहरू आफ्ना स्वेच्छाले भत्काउन सम्भव भएको हो । निर्माण कार्यमा लागेका संतोष साहले बताए । उक्त रणनैतिक सडक खण्डको महत्वपुर्ण स्थानमा वर्षौँ देखी बनाइएको दुई, तिन तल्ले पक्की घरहरू भत्काएर चौडा गर्ने कार्य साहसिक एवं नमुनायोग्य रहेको सांसद साहले बताए । स्थानीय संगसंगै सबै दलका स्थानीय स्तरका नेताले दलभन्दा माथि उठेर सहयोग गर्नु सराहनीय रहेको सांसद साहले बताए । उक्त कामका लागि स्थानीयले समेत अग्रसरता देखाएकोमा सांसद साहले धन्यवाद दिएका छन् । रणनीतिक महत्वको उक्त सडक सांसद साहकै पहल एवम् नेतृत्वमा कालो पत्रको कार्य भईरहेको छ ।