प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रौतहटले पचास प्रतिशत अनुदानमा कृषकलाई दियो ट्रैयाक्टर

रौतहट । साउन ५ गते
रौतहटको गरुडामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय रौतहटले आज किसानहरुलाई विशेष अनुदानमा ४ वटा टै«याक्टर वितरण गरेको छ ।

किसानहरुलाई कृषिबाट नै आत्मनिर्भर बनाउने र तरकारी खेति बढाउने उद्देश्यका साथ तरकारी जोन कार्यक्रममा आवद्ध कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा वर्षेणी टयाक्टर, मिनि ट्रक लगाएतका मेसिनरी सामान वितरण गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय गरुडाले आज पनि कृषकहरुलाई ४ थान टै«याक्टर हस्तान्तरण गरेको हो ।

यस कार्यालयसँग आवद्ध भई व्यवसायीक तरकारी खेती गर्ने दुई कृषक समुह र धानको विउ उत्पादन गर्ने दुई विउ उद्योगलाई ५० प्रतिशत अनुदानमा नयाँ स्वराज टयाक्टर वितरण गरिएको छ ।

यस जिल्लामा तरकारी जोन र धान विउ जोन कार्यक्रम लागु भएको छ सोही आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय गरुडाले तरकारी जोनलाई दुई थान र धान विउ जोनलाई पनि दुई थान गरी चार थान टयाक्टर अनुदानमा वितरण गरेको छ ।

आज साँझ एक कार्यक्रमका बीच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय गरुडाका प्रमुख रामबलम साहले तरकारी जोनमा आवद्ध जय काली माई बहुदेशीय कृषक समुह मौलापुर नगरपालिका ३ लाई एक थान, देवाही गोनाही नगरपालिकाको राम सखी कृषक समुहलाई एक थान, कृषक विउ विजन उद्योग चन्द्रपुर नगरपालिका ९ डुमरीयालाई एक थान र क्षेत्रीय विउ विजन कम्पनी प्रा.लि चन्द्रपुर नगरपालिका ५ लाई एक थान गरी चार थान टयाक्टर हस्तान्तरण गर्नुभएको छ ।

रौतहटमा २०७३ सालमा स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालयले स्थापना भएदेखी हालसम्म जिल्लाका विभिन्न कृषक समुहलाई खेत जोत्न १२ थान टै«याक्टर, तरकारी ढुवानी गर्न ६० थान मिनि ट्रक, १७५ थान साना सिचाइ, दर्जनभन्दा बढी बोरिंग, टंकी लगाएतका उपकरण र मेसिनरी औजारहरु किसानलाई अनुदानमा वितरण गरिसकेको छ ।

यस कार्यक्रममा आवद्ध किसानहरुले ४ सय भन्दा बढी हेक्टरमा तरकारी खेती गरिरहेका छन भने भर्खर लागु भएको धान विउ जोन कार्यक्रम मार्फत ४४ सय मेट्रिक टन धान उत्पादन भइरहेको कार्यालय प्रमुख साहले बताए ।

२०७३ सालमा गरुडामा यो कार्यालयको स्थापना भएसँगै यस जिल्लामा प्रत्येक वर्ष तरकारी खेती बढदै गएको छ भने उत्पादन पनि बढेको छ ।

वि.सं. २०७३ सालदेखी १० वर्षको लागि लागु भएको यो कार्यक्रम मार्फत किसानहरुले तरकारी खेती गर्नेतर्फ आकर्षित हुँदै गएका छन ।

सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरेसँगै किसानहरु अन्य खेतीभन्दा तरकारी खेती गर्ने तर्फ नै लागेका छन ।

किसानलाई तरकारी खेती गर्नका लागि आवश्यक पर्ने टयाक्टर, मिनि ट्रक, टंकी, मल,बोरिंग, बिउ आदिमा ५० प्रतिशत अनुदान समेत यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय गरुडा रौतहटले दिइरहेको छ ।

यस कार्यक्रम मार्फत सरकारले किसानलाई तरकारी खेतिका लागि चाहिने मेसिनरी सामान सहित मल, बिउ, बोरिङ्ग आदिमा ५० प्रतिशत अनुदान दिनथालेपछि रौतहटेली किसानहरु तरकारी खेतितर्फ झन आकर्षित भएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय गरुडाले तरकारी बाली लगाउन किसानलाई अनुदान सहयोग गर्नुका साथै खेती सम्बन्धी आवश्यक राय सुझावका साथै तालिम समेत दिने गर्दछन जसका कारण किसानलाई तरकारी बाली लगाउन झन सहज बनाईदिएको छ ।

सरकारले तरकारी उत्पादन देखी लिएर भण्डारण सम्मका लागि आवश्यक पर्ने सबै मेसिनरी औजार र उपकरण अनुदानमा दिरहेकाले यहाँका किसानलाई तरकारी खेती गर्न सहज भएको छ ।

सरकारले रौतहटमा जोन कार्यक्रम लागु गरेसँगै धेरै किसानहरुले तरकारी बालीलाई आफनो मुख्य पेशा नै बनाएर विदेशको जती कमाई गाउँ घरमै गरिरहेका छन ।

सरकारले तरकारी खेतिका लागि अनुदान दिन थालेपछि पहिलाको तुलनामा अहिले रौतहटमा तरकारी खेति बढन थालेको छ ।

जोनमा सहभागी किसानहरुले आफना खेतमा विभिन्न तरकारी लगाएका छन । किसानहरु बन्दा,केराउ, गोलभेडा, बैगन, लौका, घिरौला, गाजर, खुर्सानी लगाएतका तरकारीबाली लगाएका छन । यहाँका अधिकांश किसान मुख्य पेशा तरकारीबाली लाई नै बनाएका छन ।

आफना खेत नभएकाहरु पनि अरुको खेत भाडामा लिएर तरकारी खेती गरिरहेका छन । उनिहरुले तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन । तरकारी खेतबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसानहरुले तरकारी खेती तर्फ नै उन्मुख भएका छन ।

तरकारी खेतिबाट राम्रो आम्दानि हुने देखेपछि याहाँका अधिकांश व्यक्ति तरकारी खेति गर्ने तर्फ नै लागेको देखिन्छ । वास्तमा सरकारी अनुदानमा किसानले कम्तिमा आफना ५ वा १० कठा खेतमा मात्रै तरकारी खेति गर्न सके भने यसबाट राम्रो कमाई पनि गर्न सकिन्छ ।