भारतीयको हत्या आरोपी छ बर्षपछि पक्राउ

बारा, ४ साउन । बारामा एक भारतीय नागरिकको हत्यामा संलग्नको आरोप लागेका एक जना ब्यक्ति छ बर्षपछि पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार भारतको बेतिया पश्चिम चम्पारण घर भई पर्साको वीरगंज महानगरपालिका–१९ गहवा टोलमा लुकीछिपी बसोबास गर्दै आएका धर्मेन्द्र प्रसाद कलवारलाई पक्राउ गरिएको हो । कलवारले २०७१ साल वैशाख ९ गते बाराको तत्कालिन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारतको रक्सौल घर भई वीरगंज १९ मा बस्दै आएका प्रमोद साह तुरहालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।