माण्डवी संस्था द्धारा गरियो खाधान्न सामग्री वितरण

रौतहट । भदौ २७ गते
रौतहट जिल्लाको जिल्लाको गरुडा नगरपालिकामा खाधान्न सामग्री वितरण गरिएको छ । जिल्लाको मध्य भाग गरुडा नपाको वडा नम्बर ८ बसबिटी जिंगडीयामा राहत सामग्री वितरण गरिएको हो । कोविड १९ बाट प्रभावित महिलाहरुका लागि सहयोगार्थ खाधान्न सामग्री उपलब्ध गराइएको हो । हिरासतमा मृत्यु भएका विजय रामको घरको आसपासलाइ केन्द्रित गरि सो राहत सामग्री वितरण गरिएको हो । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र रौतहट प्रहरी प्रमुख एसपि सिद्धि विक्रम शाहको रोहबरमा सो खाधान्न सामाग्री वितरण गरिएको थियो । कोविडका कारण उत्पन्न परिस्थितीमा समस्यामा परेका परिवारहरुलाइ आज राहत स्वरुप सहयोग गरिएको माण्डवी संस्थाकी अध्यक्ष अंजु झाले बताउनु भयो ।
यूएन वुमनको सहयोग र माण्डवी संस्थाको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा जिल्लाको मध्य भागमा रहेको प्रहरी बोर्डीङ स्कुलमा सो सामग्री वितरण गरिएको माण्डवी संस्थाका प्रोग्राम को अर्डिनेटर डोरेन्द्र बस्नेतले जानकारी गराउनु भएको हो ।

वितरण पछि पत्रकारहरु संग कुराकानी गर्दै रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा बिगत केही दिन देखि कोरोना भाइरस कोविड १९ को संक्रमण समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या पनि बढदै गएको र त्यही सन्दर्भमा हामीले होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेको अवस्था छ । पाँच जना कोविडको कारणले ज्यान गुमाइ सकेको अवगत गराउनु भयो । यस सन्दर्भमा बिगत चैत ११ देखि घोषणा गरेको लकडाउन र जिल्ला प्रशासले गत साउन २४ गते देखि भदौ ३१ गते सम्मको लागि जारी गरेको निषेधाज्ञा सहित विभिन्न कारणले गर्दा दैनिक जिवन यापन गर्ने श्रम मजदूरी गरेर खाने परिवार लाइ यसले समस्या सिर्जित गरेको अवस्था उल्लेख गर्दै यसैलाइ लक्षित गरेर कोविड १९ बाट समस्यामा परेकोहरु लाइ माण्डवी भन्ने संस्थाले श्रोत संकलन गरेर राहत स्वरुप खादान्न वितरण गरेको बताउनु भयो । यस्तो सहयोग बाट धेरै नभएनि केहि सहयोग पुग्ने बताउनु भयो । यसको लागि प्रमुख जिल्ला अधिकारी यादवले माण्डवी संस्थालाइ विशेष धन्यवाद दिनु भएको थियो । जिल्लामा रहेका अन्य एनजिओ र आइएनजिओ संस्थाहरु लाइ यस्ता विषयहरु लाइ प्राथमिकतामा राखेर पिडामा रहेका परिवारहरुको लागि राहतको कार्यक्रम ल्याउन सिडियो यादवले आग्रह गर्नु भयो । जिल्ला प्रशासन कार्यालय र डिसिसिएमसिले समग्र,सदैव समन्वय गरेर अगाडी बढने प्रतिबद्धता वहाँले जनाउनु भएको थियो ।
यसैबिच माण्डवी संस्थाकि अध्यक्ष अंजु झाले संक्रमणको कारणले महिलाहरुको दैनिकिमा धेरै नै असहजता आएको र विजयरामको हिरासतमा मृत्यु भएपछि केहि दिन त्यहाँका स्थानियहरु आन्दोलनमा होमिएको कारणले दैनिकि चलाउन समस्या भएकोले त्यसै ठाउँलाइ लक्षित गरि खादान्न सामग्री वितरण गरेको जानकारी गराउनु भयो । राहत स्वरुप चामल २४ किलो,दाल ३ किलो,चिनी २ किलो,तेल २ किलो,नुन २ किलो,साबुन ४ पिस र सेनेटरी पैड २ पिस वितरण गरिएको झाले बताउनु भयो ।