रौतहटमा अझै ९ सय २० जनाको कोरोना रिपोर्ट आँउन बाँकी

रौतहट । भदौ २७ गते
रौतहटमा कोरोना संक्रमितको संख्या १७ सय ६० पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शनिबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १७ सय ६० पुगेको उल्लेख गरेको छ । आज शनिबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा १३ हजार ३ सय ७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ३ सय ९९ आईसोलेशन बेड रहेकोमा ४४ महिला र १४९ पुरुष गरी १ सय ९३ जना आईसोलेशनमा बसेका छन् । आईसोलेशनबाट १५ सय ६२ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २१ हजार २ सय २७ जनाको स्वाब संकलन गरीएकोमा १८ हजार ५ सय ४७ जनाको रिपोट नेगेटिभ र १७ सय ६० जनाको पोजेटिभ रहेको तथा अझै ९ सय २० जनाको रिपोर्ट आँउन बाँकी रहेको जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या भने ५ पुगेको रौतहट जिल्ला प्रशासनले जानकारी दिएको छ ।