मृत भेटिएका युवकमा कोरोना सङ्क्रमण पुष्टि

बारा, २८ साउन । अलपत्र अवस्थामा वीरगञ्जमा मृत भेटिएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रहरीलाई वीरगंजमा मंगलबार दिउँसो मृतक अवस्थामा भेटिएका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार मृत भेटिएका बाराका ठाकुरको स्वाबको नमूना संकलन गरेर पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।