मौलापुर नगरपालिकाको प्रमुखमा पुनः रिना साह निर्वाचित


अगम कुमार उपाध्याय
रौतहट, ५ जेठ– रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा पुनः रिना कुमारी साह निर्वाचित भएकी छन ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रीना कुमारी साहले ५ हजार ५ सय ६४ मत ल्याई विजयी भएकी छन् ।
पुनः निर्वाचित प्रमुख साह पुर्व शहरी विकास मन्त्री एवम एमालेका स्थायी कमिटी सदस्य प्रभु साहकी धर्मपत्नी हुन ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रामप्रवेश राय यादवलाई २ हजार ५ सय २ मतको मतान्तरले पराजित गरेकी हुन् ।
रिनाबाट पराजित माओवादी केन्द्रका उम्मेदवार रामप्रवेश राय यादवले ३ हजार ६२ मत प्राप्त गरेका छन ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नागेन्द्र प्रसाद यादव विजयी भएका छन ।
उनले ४ हजार ९ सय १४ मत प्राप्त गरी पुनः उप प्रमुखमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार रीनाकुमारी साहले ३ हजार ४ सय ४ मत प्राप्त गरेकी छन ।
मौलापुर नगरपालिकामा कूल ३२ हजार ४ सय ६८ जनसंख्या रहेको छ भने कुल मतदाता संख्या १४ हजार ७ सय ८४ रहेको जनाईएको छ । जसमा ८ हजार एक सय ६९ पुरुष र ६ हजार ६ सय १५ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा रहेका छन ।