रौतहटको मौलापुरमा सतागठबन्धनलाई धक्कादिंदै एमाले उमेदवार रिना साहको अग्रता

रौतहट २ बैशाख ।
मधेस प्रदेशमै चर्चाको केन्द्रमा रहेको रौतहटको मौलापुर नगरपालिकाकि लोकप्रिय निबर्तमान मेयर तथा एमालेको उमेदवार रिना कुमारी साहको कार्यकुसल्ताले एकपटक फ़ेरि सतागठबन्धन लाई ठुलो धक्का लागेको छ । गठबन्धनका उमेदवारलाई पछिपार्दै मेयर पदको उमेदवार रिना कुमारी साहले अग्रता लिएकी छिन । उनलाई पराजित गर्न केहि समय अघि माओवादी अध्यक्ष प्रचण्डले छिमेकी पालिका कटहरियामा संबोधन गरेका थिए । मौनअवधी सुरुहुनु एकदिन अघिमात्र उनैलाई लक्षित गरेर एकैदिन समाजबादिका अध्यक्ष माधव कुमार नेपाल र सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मौलापुर नगरक्षेत्रमा चुनावी सभालाई संबोधन गरेका थिए ।
तर पहिलो कार्यकालमा विकास निर्माणका साथै महिला,
बालबालिकाको क्षेत्रमा रिना कुमारी साहले पुर्याएको योगदान बाट उनको लोकप्रियता झन्झन् बढेको छ ।
चुनावी कार्यक्रम तथा घरदैलोमा उनको साथमा सैयौं महिला तथा बालिकाहरुको समूह देखेर जो कोहिले पनि लोकप्रियता बारे सहजै अनुमान गरेको थियो ।
एमाले स्थायी समिति सदस्य प्रभु साहकी श्रीमती तथा मौलापुरकी निबर्तमान मेयर रिना साहले नेपाली कांग्रेस, माओबादी,र जसपा गठबन्धनको उमेदवारलाई पछिपार्दै
अग्रता लिएकी हुन ।
वडा नम्बर एक,दुई,चार र तिनको केहिमतको भएको गणणाको परिणाम अनुसार एमाले मेयर उमेदवार रिना साह गठबन्धन बाट मेयर पदका उमेदवार रामप्रवेस यादव लाई सातसय बढी मतले पछि पार्दै अग्रता लिएकी छिन ।
एमाले उमेदवार साहले हालसम्म २४ सय उपमेयर उमेदवार नागेन्द्र यादवले २१ सय ९५ मत प्राप्त गरेका छन ।
गठबन्धन बाट मेयर पदका उमेदवार यादवले १६ सय ४४ र उपमेयर उमेदवार रिना देविले १७ सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मौलापुरले जनाएको छ ।
त्यसैगरी नेकपा समाजबादिका मेयर पदका उमेदवार कल्याण यादवले ३६६ मत प्राप्त गरेका छन ।
समाचार तयार पार्दासम्म मौलापुरमा घोषणा भैसकेको तीन वडाको परिणाम माध्ये ३ वटा वडामा एमाले र १ मा माओवादीका वडा अध्यक्ष बिजयी भएका छन ।
मौलापुर १ मा माओवादीका जयनाथ कुश्वाहा,२,३,र ४ मा एमालेका क्रमशः श्रीभगवान पटेल ,महेश महतो,वीर बहादुर प्रसाद वडा अध्यक्षमा बिजयी भएका छन । अहिले भर्खरै वडा ५ को मतगणना सुरु भएको छ ।