आरके श्रीवास्तव । रौतहट । आषाढ १६ गते
रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको नगरसभाको मिती तय गरिएको छ । यही आउने आषाढ महिनाको २९ गते पाँचौ नगर सभा हुने भएको गरुडा नगरपालिकाले जनाएको छ । हिजो सोमबार नगरप्रमुख ईन्दु राय यादवको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगरसभा अषाढ २९ गते गर्ने निर्णय गरेको मेयर यादवका स्वकिय सचिव तथा युवा नेता अनिल यादवले जानकारी गराएका हुन् । स्मरणिय होस कि यस अघि रौतहटका १८ स्थानिय तह मध्ये १० स्थानिय तहले नगर सभा सम्पन्न गरिसकेको छ भने ८ वटा नगरपालिकाले नगरसभा गर्न बाँकि रहेको छ । जसमा गरुडा नपा सहित कटहरिया ,फतुआ विजयपुर,देवाहि गोनाही,गुजरा,इशनाथ,राजदेवि,बौधिमाइ नगरपालिका रहेको छ ।