रौतहट र बाराको टुंगियो सिमा विवाद,निर्माण हुने भयो कलभर्ट

sima


आरके श्रीवास्तव
रौतहट ३० जेठ ।
रौतहट र बाराको सिडिओको सक्रियतामा मेवागाँउ छेउ लामोसमय देखी रहेको दुुई जिल्लाको सिमाबिवाद समाधान भएको छ ।
दुुईपक्षिय सहमती संगै रौतहटको फतुवा बिजयपुर ३ मेवागाँउलाई दुु्रतमार्गमा जोडने सडकमा राकिएको कल्भर्ट निर्माण हुने भएको छ ।
स्थानिय कटहरिया एफएमका प्रमुख संजय मिश्राको पहलमा रौतहटका सिडिओ बाशुुदेव घिमिरे,बाराका सिडिओ रुद्रप्रसाद पण्डित,एसपी कृष्ण पंगेनी,आदर्श कोतवाल गाँउपालिका प्रमुख मुुस्तुफा अन्सारी सडक डिविजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा साह,सहीतको टोलीले बिहिवार अपरान्ह बिवादित मेवागाँउको पश्चिम बाटोको स्थलगत निरिक्षण गरेका थिए ।
निरिक्षण पश्चात सिम्रौनगद नगरपालिकाको सभाकक्षमा लामोसमय भएको दुुईपक्षिय छलफल पश्चात सहमती भएको थियो ।
छलफलमा सडक कार्यालयको कार्यक्रम अनुसार बारा रौतहटको सिमामा पर्ने अँडुुवाखोलाको पश्चिम तर्फ स्टिमेट अनुसार हालरहेको ह्युमपाईप संगै कल्भर्ट निर्माणगर्ने, गतबर्ष बाटो काटिएको ठाँउमा आदर्श कोतवाल गाँउपालिकाले माटो पुर्ने सहमती भएको छ ।
कल्भर्ट निर्माण गर्दा द्रुतमार्ग सम्भब्य बिस्तारलाई ध्यान दिनुुपर्ने, निर्माण बाट द्रुतमार्गमा कुनै प्रभाव नपरुन भनी सुुरक्षाको लागी सडक डिजिनले जिमा लिनुुपर्ने सहमती भएको छ ।
त्यसैगरी हाल बारा तथा रौतहटको सिमा अँडुुवा नदी बगीरहेको स्थान रहेकाले भविस्यमा उक्त नदीको बहाव प्राकृतिक अथवा मानबिय प्रयास बाट परिवर्तन गरीएमा साबीक मेवाटोल भन्दा पश्चिम रहेको पुललाईनै सिमाना मानी उक्त स्थानमा फतुवा बिजयपुर नपा र आदर्श कोतवाल गापाले स्वागत बोर्ड राख्ने सहमती भएको छ ।
सहमतीको बावजुद निर्णयमा कुनै बिवाद भएमा नेपाल सरकारको जिल्लाको सिमानाको नक्सांकन बमोजिम यकिन गर्न दुुबै जिल्लाका नापी,मालपोत,स्थानिय प्रशासन,स्थानिय तहका प्रतिनिधी रहेको समितिले दिएको प्रतिवेदनको आधारमा कार्वान्यन गर्ने सहमती भएको छ ।
दुुईपक्षिय बैठकमा रौतहटका सिडिओ बाशुुदेव घिमिरे,बाराका सिडिओ रुद्रप्रसाद पण्डित,एसपी कृष्ण पंगेनी,सिम्रौनगढ नगरप्रमुख बिजयसंकर यादव,आदर्श कोतवाल गाँउपालिका प्रमुख मुुस्तुुफा अन्सारी,फतुवा बिजयपुर ३ का वडा अध्यक्ष दिपनारायण साह, सडक डिविजन प्रमुख दारोगा साह,नेकपाका युुवानेता राकेश यादव,
लगायत दुुबै स्थानियतहका वडा अध्यक्षहरु तथा सहकर्मी संजय मिश्राको उपश्थिती रहेको थियो ।
गतबर्ष भदौ महिनामा आएको बाढीको पानीले बारा आदर्श कोतवाल स्थित रुपौलिया गाँउ डुुबानमा परेपछी मेवागाँउ छेउको सडक काटेर पानीको निकास गरीएको थियो ।
रौतहट र बारा जोडने मुख्य सडकको रुपमा रहेको मेवागाँउ छेउको बाटोको समस्या स्थायी समाधानका लागी संघिय सांसद प्रभुु साहको पहलमा भौतिक पुर्वाधार मन्त्रालय बाट ३३ लाखको योजना अनुसार कल्भर्ट निर्माण हुुनलागेकोे युुवानेता राकेश यादवले बताएका छन ।
उक्त कल्भर्ट असार मसान्त सम्म निर्माण नभएमा रौतहटका दर्जनौ गाँउका मानिसलाई सो बाटो भएर जान आउन ठुुलो समस्या हुनुका साथै मेवाटोल डुुबानमा पर्ने खतरा रहेको स्थानियहरुले बताएका छन ।