मनहरीमा ३ वटा ट्रक ठोक्कियो, १० जना घाइते (दूर्घटनास्थलका तस्बीरहरुसहित)

हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा १० जना घाइते भएका छन् ।

३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दूर्घटना भएको हो । बिहान साढे ९ बजेको समयमा उक्त दूर्घटना भएको हो ।
दूर्घटनामा घाइतेहरुको उद्दार गरी ६ जनालाई उपचारको लागि भरतपुर पठाइएको र ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दूर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि अहिले राजमार्ग सुचारु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दूर्घटना भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ । घाइतेको नामावली प्राप्त हुन सकेको छैन । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् ।

तस्बीर सौजन्यः शिवराज उप्रेती